कारोबार


बेरुजुमा संघीय सरकार पछ्याउँदै स्थानीय तह, अद्यावधिक बेरुजु झण्डै ५ खर्ब

बेरुजुमा संघीय सरकार पछ्याउँदै स्थानीय तह, अद्यावधिक बेरुजु झण्डै ५ खर्ब

नेपालखबर
असार २९, २०७९ बुधबार १६:२९, काठमाडौँ

सबैभन्दा बढी बेरुजु संघीय सरकारी कार्यालयको देखिएको छ। 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनले यस्तो देखाएको हो। 

प्रतिवेदनअनुसार लेखापरिक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ४ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १५.४६ प्रतिशतले बढेको हो। 

संघीय कार्यालयको २ खर्ब ४७ अर्ब अद्यावधिक बाँकी बेरुजु रहेको छ। 

दोस्रोमा रहेको स्थानीय तहको बेरुजु १ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ। 

प्रदेश सरकारी कार्यालयको १८ अर्ब २७ करोड मात्रै बाँकी बेरुजु रहेको छ।

अद्यावधिक बेरुजु रकम। स्रोत : महालेखा परीक्षकको कार्यालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad