ad ad

कारोबार


बेरुजुबारे सरकारले अपनाएको विधि र पद्धतिको अध्ययन गर्नुपर्छ : अर्थमन्त्री

बेरुजुबारे सरकारले अपनाएको विधि र पद्धतिको अध्ययन गर्नुपर्छ : अर्थमन्त्री

नेपालखबर
असार १५, २०७९ बुधबार १६:५, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन्। 

बुधबार महालेखापरीक्षक कार्यालयको ७४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतिहरुमा कहाँ त्रुटि भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन्। 

उनले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटि भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए। 

अर्थमन्त्री शर्माले  लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवर्द्धन गर्न महालेखा परिक्षकको महत्वपूर्ण भूमिका रहेको पनि बताए।

उनले सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वमा भएको चुहावट, हिनामिना, औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरु महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने बताए। 

अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गए पनि आर्थिक गतिविधिका परिसूचकहरुमा उतारचढाव आइरहेको बताए। उनले अर्थतन्त्रमा पछिल्लो समय किन आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव भएको विषयमा अर्थतन्त्रको गहन अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्न जरुरी देखिएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .