पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ सुरक्षार्थ रिठेपानी डाँडाका जोखिमजन्य रुख र पोल हटाउने बाटो खुल्ने भएको छ।
ती जोखिम अवस्थाका रुख हटाउन स्वीकृति दिने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण र वन तथा भूसंरक्षण विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
चिनियाँ ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हाल भौतिक प्रगति सम्पन्न हुने चरणमा छ। सरकारले अंग्रेजी नयाँ वर्षदेखि विमानस्थल सञ्चालन गर्ने तयारी गरेको प्राधिकरणले जानकारी दिएको छ।
51
Shares

प्रतिक्रिया