ad ad

कारोबार


८१ वटा गाडी लिलाम गर्दै सशस्त्र प्रहरी

८१ वटा गाडी लिलाम गर्दै सशस्त्र प्रहरी

नेपालखबर
असार १३, २०७९ सोमबार ११:३२, काठमाडौँ

सशस्त्र प्रहरी बलले ८१ वटा पुराना गाडी तथा मोटरसाइकल लिलाम गर्ने भएको छ। 

प्रधान कार्यालयले नामसारी नहुने पिकअप, ट्रकसहित मोटरसाइकलको लिलामी गर्ने भएको हो। 

सशस्त्र प्रहरीले माज्दा पिकअप ७ थान, बलेरो जिप ४ थान, टाटा मिनिबस ४ थान, २.५ टनका ट्रक ३ थान, लोड बडी ट्रक २ थान, १२ वाई १२ ट्रक ८, हिरोहोन्डा मोटरसाइकल १४ थान, यामाहा मोटरसाइकल ४ वाटाको लिलाम गर्न बोलपत्र आह्वान गरेको हो। 

मूल्यअभिवृद्धि कर ३८ लाख ३१ हजार न्यूनतम जम्मा मूल्य रहेको छ। त्यस्तै माज्दा पिकअप ७ थान, बलेरो जिप ३ थान, टाटा मिनिबस ४, ट्रक १२ थान रहेको छ। यसको न्युनतम कबोल रकम ३८ लाख ३१ हजार रहेको छ। 

त्यसबाहेक माज्दा पिकअप १ थान, टाटा टेल्को डबल क्याब ५ थान ट्रक एउटा र यामाहा ग्लाडिएटर मोटरसाइकल २ थान रहेका छन्। यसमा १८ लाख १५ हजार रुपैयाँ न्यूनतम कबोल रकम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .