आईसीटी फाउन्डेसन नेपाल र हुवावेद्वारा संयुक्त रूपमा आयोजित हुवावे डिजिटल नेपाल कनक्लेभमा कम्पनीले 'लाइटिंग अप द फ्यूचर' प्रदर्शनी आयोजना गरेको छ।
२ दिने प्रदर्शनीमा आईसीटी प्रविधिको विश्वव्यापी अडप्सन र गिगाभर्स एमबीबी नेटवर्कहरू, नेटवर्क फर क्लाउड, ग्रीन आईसीटी, फाइभजी र यसको प्रयोगका केसहरू, हुवावेको पब्लिक र हाइब्रिड क्लाउड सोलुसन र हुवावेको डेटा सेन्टर सोलुसन प्रस्तुतीकरणहरू गरिएको थियो। यसमा यो आउँदो दशक कस्तो देखिन्छ भन्ने कुरा प्रदर्शनीमा हुवावेको इन्टेलिजेन्ट वर्ल्डको भिजनले प्रस्तुत गरेको थियो।
कनक्लेभमा हुवावेका ग्लोबल पब्लिक सर्भिस इन्डस्ट्री विशेषज्ञ प्याट्रिक लाओले दिगो वृद्धि हासिल गर्नको लागि डिजिटल रूपान्तरण र प्रयोगकर्ता-केन्द्रितताको आवश्यकताबारे कुरा गरे।
उनले हुवावेको इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर कसरी डिजिटल रूपान्तरणको लागि सक्षमकर्ता हो भनेर प्रदर्शन गरे। हुवावेको इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर क्लाउड प्लस एआई सोलुसन हो जसले इनोभेटिभ एप्लिकेसनहरूलाई समर्थन गर्न क्लाउड, नेटवर्क, एज र उपकरण मार्फत बनेको सही पूर्वाधारमा जोड दिन्छ ।
हुवावे डिजिटल नेपाल कनक्लेभ उद्घाटन समारोहमा आयोजित विशेष मन्तव्यमा हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले आर्थिक विकासमा आईसीटी को भूमिकालाई उजागर गरेका थिए। उनले भने, 'डिजिटल अर्थतन्त्रले महामारीपछिको रिकभरीलाई इन्धन दिनेछ । २०२० मा विश्वको जीडीपी २.८ प्रतिशतले घट्यो तर आईसीटी लगानी ५ प्रतिशतले बढ्यो । सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ।'
डेटा स्टोरेजको लोकलाइजेसन प्रवृत्तिका बारेमा बोल्दै उनले भने, 'नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डेटा सेन्टर हुनु अहिलेको आवश्यकता हो। यो नेपाली नागरिकको तथ्यांक सङ्कलन र संरक्षण मात्र होइन, एकीकृत सरकारी सेवाहरू उपलब्ध गराउन र साँच्चै डिजिटल नेपालको आधारशिलाको रूपमा काम गर्न आवश्यक छ।'
उनले नेपालको डिजिटल रूपान्तरणको सम्भावनालाई साकार पार्न विश्वव्यापी र गुणस्तरीय ब्रोडब्यान्ड कभरेजको आवश्यकतालाई पनि औँल्याए।
Shares

प्रतिक्रिया