कारोबार


जग्गा धितो राख्न नपाउने सरकारकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

जग्गा धितो राख्न नपाउने सरकारकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपालखबर
असार ६ , काठमाडौँ

सर्वोच्च अदालतले जग्गा जमिन बैंकमा धितो राख्न नपाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध विष्णु बहादुर सुनुवारले दिएको निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो।

जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्न जाने भन्दै सर्वोच्चले सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो।

शहरी विकास मन्त्रालयले गत जेठ २७ मा बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो बन्धक पारित हुनका लागि खेतीयोग्य जग्गा र गैर कृषिक्षेत्रको जग्गा भनी जग्गाको वर्गीकरण नहुँदासम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेकाे थियाे।

सर्वोच्चले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म सो निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ।

असार ६, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.