कारोबार


विद्युत् प्राधिकरणद्वारा ४ वटा ठेक्का रद्द

विद्युत् प्राधिकरणद्वारा ४ वटा ठेक्का रद्द

नेपालखबर
असार ५, २०७९ आइतबार ११:३१, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले ४ वटा ठेक्का तोड्ने भएको छ। ताकेता गर्दा पनि समयमै काम नगरेको भन्दै ४ वटा ठेक्का तोड्न लागिएको हो। 

नेपाल विद्युत् प्राधिकरण सामुदायिक ग्रामीण विद्युतीकरण विभाग काठमाडौंसँग ठेक्का सम्झौता गरेका कम्पनीको कार्यप्रगति सन्तोषजनक नदेखिएकाले ठेक्का रद्द गरेको सूचना जारी गरेको छ। 

प्राधिकरणले निर्माण व्यवसायी जनमुखी कन्स्ट्रक्सन–बागमती कंक्रिट जेभी ललितपुरसँग ३ वटा ठेक्का रद्द गरेको छ। जसमा मुग्लिङका २ वटा र सिन्धुलीको एउटा विद्युत् वितरणसम्बन्धी कार्य ठीक नभएको उल्लेख गर्दै ठेक्का तोड्ने बताएको छ। 

त्यस्तै युनिकोन्र कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई रामेछापमा विद्युत् वितरण कार्य प्रगति राम्रो नभएको उल्लेख गरेको छ। 

‘निर्माणकर्तालाई पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत तोकिएको अवधिमा कार्य पूरा नगरेको र कार्यप्रगति सन्तोषजनक नदेखिएको’, प्राधिकरणले जारी सूचनामा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्का सम्झौता रद्द गर्नु नपर्ने कारण भएमा ७ दिनभित्र स्पष्टीकरण पेस गर्न सूचना प्रकाशित गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad