ad ad

कारोबार


शुक्रबारको सेयर कारोबारमा लगानीकर्ताले ५.९३ प्रतिशतसम्म गुमाए

शुक्रबारको सेयर कारोबारमा लगानीकर्ताले ५.९३ प्रतिशतसम्म गुमाए

नेपालखबर
असार ३, २०७९ शुक्रबार १३:१२, काठमाडौँ

दुई दिन विदा हटे पनि नेपालको सेयरबजार भने शुक्रबार १ बजेसम्म खुल्न थालेको छ। 

सोअनुसार आज बजार परिसूचक नेप्से ७.५७ अंकले घटेको हो। सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव ६९ अंकले गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २२० कम्पनी सामेल कारोबारमा ७३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको हो। 

१ बजेसम्म १५ हजार १ सय ६२ पटकको किनबेचमा २३ लाख कित्ता सेयर बिक्री भएको हो। 

साताको अन्तिम दिन सामूहिक लगानी कोषको सूचक हरियो भए पनि बाँकी १२ सूचक राताम्य छन्। 

आज कारोबारमा सामेलमध्ये ६० वटाको सेयर बढ्दा ११५ वटाको घटेको र १७ वटाको उही मूल्यमा रहेको नेप्सेले जनाएको छ। 

आज आँधिखोला लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाए पनि अन्य कम्पनीका लगानीकर्ताले खासै कमाउन सकेनन्। गुमाउनले भने आज ५.९३ प्रतिशतसम्म गुमाएका छन्। 

शुक्रबार नेपाल टेलिकमको सर्वाधिक १० करोड रुपैयाँको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .