कारोबार


नेपाल बैंक मधेश प्रदेशको बजेट गोष्ठी सम्पन्न

नेपाल बैंक मधेश प्रदेशको बजेट गोष्ठी सम्पन्न

नेपालखबर
जेठ २९, २०७९ आइतबार १२:४, काठमाडौँ

नेपाल बैंक लिमिटेले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले  मधेश प्रदेशकोे प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। 

यही जेठ २४ गते देखि २६ गतेसम्म धनकुटाको भेडेटारमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरु समेत गरी ४५ जनाको सहभागिता थियो। 

प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्टसम्बन्धी तालिम समेत प्रदान गरिएको थियो। 

बैंक व्यवस्थापनले शाखाहरुसंग अन्तक्रिया गरी शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिनेलगायतका विषहरुमा बृहत रुपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै  क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मिहिनेतले गर्दा नै नैपाल बैंक हाल अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको बताए। 

सम्पूर्ण नेपालीहरुमा सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको विश्वास जित्दै देशको आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा यस बैंकका सम्पूर्ण कर्मचारीहरु सदा उर्जाशिल भई अगाडि बढिरहने बिश्वास समेत उनले व्यक्त गरे। 

कार्यक्रममा बैंकका  सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मधेश प्रदेश प्रमुख शिवराम मीश्र, तालिम तथा विकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी, कृषि कर्जा डिभिजन प्रमुख बालकृष्ण चौलागाईं लगायतको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad