आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिबार बिहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ।
केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको कम्पनीले जनाएको छ।
आईएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाइ छ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिट्यान्स सचेतनासम्बन्धी नारा अंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीहरूको सहभागिता थियो।
हरेक वर्ष जेठ २९ मा आईएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।
24
Shares

प्रतिक्रिया