कारोबार


क्लिन फिडको विरोधमा डिजिटल सेवा प्रदायकहरु संगठित

क्लिन फिडको विरोधमा डिजिटल सेवा प्रदायकहरु संगठित

नेपालखबर
असार ८, २०७६ आइतबार १२:५३,

सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत विदेशी च्यानलहरुमा ‘क्लीन फिड’ लागु गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका छन्।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरुले समन्वय समिति नै बनाई सरकारको तयारीको विरोध गरेका हुन्। आइतबार इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले पत्रकार सम्मेलन गरी क्लिन फिड कुनै पनि दृष्टिकोणबाट सही नभएको भन्दै त्यसको विरोध गर्यो। क्लिन फिडले नेपाली च्यानलहरुलाई धरासायी बनाउनुको साथै भारतबाट अबैध ढंगले भारतीय डीटीएच का एसईटी टीओपि बिओपीहरु भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानलहरुलाई प्रभावित पार्ने दाबी समितिले गरेको छ।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका सयोजक दिनेश सुवेदीले सरकारले राष्ट्रिय प्रशारण सम्बन्धी व्यवस्थामा राखिनुपर्ने प्रावधान विज्ञापन सम्बन्धी विधेयकमा राखेको र त्यसबारे सरोकारवालाई जानकारी नै नदिईएको बताए। उनले यस किसिमको व्यवस्थाले नेपाली टेलिभिजन व्यवसाय नै धरासायी हुने दाबी गरे।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले क्लिन फिड दिन विदेशी च्यानलहरु तयार नभएको भन्दै यो लागु गर्न नसकिने बताए। उनले सरकारले ल्याएको क्लिन फिडको अवधारणा अनुसार विदेशी च्यानलहरु मात्र प्रशारण गर्न पाउने प्रावधानहरु अक्षरशः लागु गर्दा श्रृजना हुने अवस्थाबारे जानकारी गराउनका लागि भोली सोमबार मध्यान्ह १२ बजे देखि २४ घण्टाका लागि लागु गर्न लागिएको पनि जानकारी गराए।

क्लिन फिडका कारण नेपाली जनताले चाहेका च्यानलहरु हेर्न नपाउने र खुल्ला सिमानाको फाईदा उठाउने चलखेल हुने र नेपाली च्यानलको समेत दर्शकहरु घट्न गई उनीहरुको पाउने विज्ञापनमा पनि भारी गिरावट हुने भन्दै समितिले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ।

यसले नेपालमा संञ्चालित डीटीएच, आईपीटीभि र डीटीटीका कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसँग मासिक शुल्क उठाउन नसक्ने हुँदा ति कम्पनी बन्द हुने र त्यसले अर्बौको लगानी डुब्नुको साथै हजारौंको रोजगारी गुम्ने अवस्था श्रृजना हुने जनाएको छ। नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लीन फिड) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad