माछापुच्छ्रे बैंक लिमिटेड मास्टरकार्डसँग आबद्ध भएको छ। योसँगै बैंकका सबै एटीएम तथा प्वाइन्ट अफ सेल्स (पस मेसिन)हरुमा अब मास्टरकार्ड स्वीकार हुने बैंकले जनाएको छ।
यसले विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुलाई सुविधा पुग्नेछ। यो सुविधा ग्राहकहरुले बैंकको १ सय ७० भन्दा बढी एटीएममार्फत नगद निकाल्न तथा १ हजारभन्दा बढी प्वाइन्ट अफ सेल्समार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन्।
बैंकले छिटै ग्राहकहरुलाई मास्टरकार्ड जारी गर्ने समेत जनाएको छ। मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भिसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ।
माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्ने, क्यू.आर.कोडलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।
माछापुच्छ्रे बैंकका नेपालभर १ सय ४४ वटा शाखाहरु, १ सय ३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा सेवा सञ्जाल तथा १ सय ७० वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।
Shares

प्रतिक्रिया