कारोबार


ग्रामीण विद्युतीकरणमा सहकार्यका लागि कतारसँग प्रस्ताव

ग्रामीण विद्युतीकरणमा सहकार्यका लागि कतारसँग प्रस्ताव

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १०:८,

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग कतार फण्ड फर डेभलोपमेण्टको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। सिंहदरवारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालको ऊर्जा, सौर्य ऊर्जा र जलविद्युतको क्षेत्रमा लगानीको सम्भावना र दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो। 

भेटमा कतारी विदेशमन्त्रीका अन्र्तराष्ट्रिय विकास मामिला हेर्ने सल्लाहकार समिर आर फ्रेङगीले नेपालको विकासमा सहयोग गर्न कतार इच्छुक रहेको बताएका थिए। उनले कतारले नेपालको उर्जा, पयर्टन र कृषिको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको भन्दै लगानीका क्षेत्रहरुबारे चासो राखेका थिए। त्यसका साथै उर्जा क्षेत्रमा समेत आफूहरु लगानी गर्न तयार रहेको धारणा राखे।

ऊर्जामन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण सफलतापुर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध मजबूत हुने विश्वास व्यक्त गरे। उनले सरकारले उर्जाको क्षेत्रमा उदार निती लिएको र वैदेशिक लगानीको क्षेत्रमा समेत शतप्रतिशत प्रत्यक्ष लगानी गर्न सक्ने प्रावधान रहेको भन्दै लगानीका लागी आग्रह गरे।

‘सरकारले जलविद्युतमा उदार नीति अवलम्वन गरेको छ, पहिलो १० वर्षमा ८० प्रतिशत आयकर छुट र दोस्रो वर्ष ५० प्रतिशत छुट दिने नीति हामिले लिएका छौं, नेपालमा स्थायी सरकार भएकाले लगानीका लागी समेत उपयुक्त वातावरण छ’ भेटमा मन्त्री पुनले भने। उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त योजनालाई सफल पार्न कतारको समेत सहयोग आवश्यक रहेको धारणा राखे।

हाल ८० प्रतिशत जनतामा विद्यूतको पहुँच पुर्याइसकेको भन्दै उर्जामन्त्री पुनले सरकारले तीन वर्षभित्र देशभर विद्युतिकरण गर्ने योजना अघि सारेको भन्दै कतार सरकारसँग ग्रामिण विद्युतिकरणको क्षेत्रमा समेत सहकार्य गर्न सकिने प्रस्ताव राखे।

नेपालमा उत्पादित विजुली सरकारले खरिदको ग्यारेण्टी गर्ने व्यवस्था गरेको भन्दै मन्त्री पुनले देशबाहिर समेत भारत र बङगलादेश पनि क्षेत्रीय बजारका रुपमा रहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad