कारोबार


पहिलोपटक राष्ट्रिय पाककला प्रतियोगिता, सुनसरीले जितिन् १ लाख

पहिलोपटक राष्ट्रिय पाककला प्रतियोगिता, सुनसरीले जितिन् १ लाख

नेपालखबर
असार ८, २०७६ आइतबार ७:५,

देशमै पहिलोपटक आयोजना गरिएको राष्ट्रिय पाककला प्रतियोगिता (खाना पकाउने सीप परीक्षण)मा प्रदेश नं ३ का सुनसरी नेपालीले प्रथम स्थान हासिल गरेकी छिन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीर्इभीटी) र राष्ट्रिय सीप परीक्षण विभागको आयोजना, स्वीस सरकारको प्राविधिक सहयोग तथा गेट भोकेसनलको समन्वयमा पोखरामा आयोजना गरिएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल नेपालीले उपाधिको साथमा नगद एक लाख प्राप्त गर्न सफल भइन्।

प्रदेश नं ३ कै रमेश थापाले दोस्रो स्थान हासिल गरी ७५ हजार पुरस्कार प्राप्त गर्नुभयो भने प्रदेश नं ५ का ओमप्रसाद ढकालले तेस्रो हुँदै ५० हजार पुरस्कार प्राप्त गरिन्। 

देशका सात प्रदेशका १ सय ६३ प्रतियोगीबाट विभिन्न चरणमा गरी अन्तिम चरणमा १४ जना छनोट भएका थिए । नेपालमा प्राविधिक तथा दक्ष जनशक्ति अभाव भएकाले प्राविधिक जनशक्ति उत्पादन गर्न टेवा पुग्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको बताइन्छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भइरहेको बेलामा प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिए। दुई महीनादेखि विभिन्न चरणमा छनोट हुँदै अन्तिम चरणमा तीनथरिका खाना पकाउने कलाको परीक्षण भएको गेट भोकेसनल पोखराका प्रबन्ध निर्देशक विवेक पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .