राजनीति


इरानको हतियार प्रणालीमा अमेरिकाकाे साइबर आक्रमण

इरानको हतियार प्रणालीमा अमेरिकाकाे साइबर आक्रमण

बीबीसी
असार ८, २०७६ आइतबार ७:३,

अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर आक्रमण सुरु गरेको छ।

अमेरिकी संचारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको आक्रमणको फैसला फिर्ता लिएपछि साइबर आक्रमणको कदम उठाइएको हो।

वासिङ्टन पोस्टका अनुसार रकेट र क्षेप्यास्त्र प्रणालीलाई नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई अमेरिकाले निशाना बनाएको छ।

न्युयोर्क टाइक्सका अनुसार तेल ट्यांकरमा आक्रमण त्यसपछि अमेरिकी ड्रोन विमानमा इरानी आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध साइबर आक्रमण सुरुवात गरेको हो।

कैयौं हप्तासम्म साइबर आक्रमणलाई जारी राख्ने अमेरिकाले जनाएको छ। यसको उद्देश्य त्यही हतियार प्रणालीलाई अस्तव्यस्त बनाउनु हो जुन इस्लामिक रिभोलुसनरी गार्डले प्रयोग गर्दछन्।

अमेरिकी साइबर आक्रमणपछि इरानको हतियार प्रणालीले अनलाईन काम गर्न सक्नेछैन। अफलाइनमात्र प्रयोग गर्न सकिनेछ।

यस अलावा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। इरानले आफ्नो दृष्टिकोण परिवर्तन नगरेसम्म अमेरिकाले उसलाई नछाड्ने अमेरिकी भनाइ रहेको छ।

ट्रम्पले पत्रकारसँग भनेका छन्,‘हामी केही प्रतिबन्ध लगाइरहेका छौं। केही सामाग्रीमा कडा प्रतिबन्ध लाग्नेछ।’

इरानले आफ्नो परमाणु कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा तय भएको सीमाभन्दा बढी बढाउने भएपछि ट्रम्पको यस्तो बयानहरु आएका हुन्।

सन् २०१५ को परमाणु सम्झौता अनुसार इरानको यूरेनियम उत्पादन तथा संवर्धनमा सीमा तय गरिएको थियो। यसको बदलामा इरानमाथिका केही प्रतिबन्ध हटाइएको थियो। इरानको तेल निर्यातलाई अनुमति दिइएको थियो। तेल नै इरान सरकारको मुख्य आम्दानीको स्रोत हो।

Image result for trump vs ruhani

इरानी राष्ट्रपति हसन रुहानी र ट्रम्प

अर्थव्यवस्थामा झट्का
तर अमेरिका आफैं यस सम्झौताबाट बाहिरिएको छ। बाहिरिएपछि अमेरिकाले इरानमाथि फेरि प्रतिबन्ध लगाएको छ। यसले इरानको अर्थव्यवस्था प्रभावित हुन थालेपछि उसके मुद्रामा भारी गिरावट आएको छ।

ट्रम्पले भने,‘यदी इरान समृद्ध देश बन्न चाहान्छ भने मलाई कुनै चिन्ता छैन। तर ५–६ वर्षमा उसँग परमाणु हतियार हुन्छ भनेर उसलाई लाग्छ भने यसरी हुँदैन।’

ट्रम्पले सोमबारदेखि इरानमाथि थप प्रतिबन्ध बढाउने बताएका छन्। सुरक्षा क्षेत्रका बीबीसीका संवाददाता जोनाथन मार्कसका अनुसार यस्तो बढ्दो तनावमा कुटनीतिक राहत मिल्न अहिले संभव छैन।

उनका अनुसार ट्रम्प इरानमाथि सैन्य शक्ति सायदै प्रयोग गर्दैनन् होला तर आर्थिक प्रतिबन्ध लगाउनमा उनी कडा र अडिग छन्।

इरानको आर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ। उ परमाणु सम्झौताका केही सर्त तोड्ने धम्की दिइरहेको छ जुन उसले बाँकी देशसँग गरेको थियो।

ट्रम्प इरानसँग सम्झौता गर्ने पनि बताइरहेका छन्। यसै महिनाको सुरुवातमा विदेशमन्त्री माइक पोम्पियोले इरान सामान्य देशजस्तै भएर वार्तामा आए आफू विना सर्त वार्ता गर्न तयार भएको बताएका थिए।

तर इरानले अमेरिकी प्रस्तावलाई शब्दको खेल भएको बतायो। वार्ताले ट्रम्पले लगाउने प्रतिबन्ध तथा तनाव कम हुनेमा आफूलाई विश्वास नभएको इरानको भनाइ थियो।

गतवर्ष अमेरिकाले इरानमाथि दोस्रोपटक प्रतिबन्ध लगाएको थियो। उर्जा, ढुवानी र आर्थिक क्षेत्रमा प्रतिबन्ध लाग्दा इरानको विदेशी लगानीमा ठूलो क्षति पुगेको थियो।

त्यस प्रतिबन्धका अनुसार अमेरिकी कम्पनी इरानसँग व्यापार गर्न सक्दैन। साथै विश्वका कुनै मूलुकले पनि इरानसँग कारोबार गर्न नसक्ने प्रतिबन्ध अमेरिकाले लगाएको छ।

यसका कारण इरानमा आयात हुने सामाग्रीमा अभाव भयो। विशेषगरी विदेशी कच्चा पदार्थबाट बनेका सामाग्री आयात हुन छाड्यो।

इरानको मुद्रा रियाल गिरावट हुन थाल्यो। त्यहाँ मासु र अन्डाको मूल्य चरम रुपमा बढ्यो। महंगी आकाशियो।

इरानले यसको जावाफ परमाणु सम्झौताको केही सर्तलाई उल्लंघन गरेर दियो। इरानले युरोपेली देशलाई पनि आरोप लगायो कि अमेरिकी प्रतिबन्धबाट बचाउने गरेका वाचा उनीहरुले तोडे।

हाल ट्रम्पले इरानमाथि अतिरिक्त प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। तनाव बढ्दै जाँदा ट्रम्पले इरानमाथि अतिरिक्त प्रतिबन्ध लगाएका हुन्।

बिहीबार खाडीमा एक अमेरिकी ड्रोन इरानी सैन्य बलले क्षेप्यास्त्र प्रहार गरी ध्वस्त बनाए। इरानको विशेष फोर्स इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले भनेको थियो,‘अमेरिकी ड्रोन खसाउनु अमेरिकालाई स्पष्ट सन्देश हो कि इरानको सीमा उनीहरुको लागि रातो रेखा हो।’

तर अमेरिकी सैन्य अधिकारीले अमेरिकाले इरानी सीमाना उल्लंघन नगरेको बताएका छन्। अन्तर्राष्ट्रिय सीमामै रहँदा इरानले आक्रमण गरेको उनीहरुको आरोप छ।

इरानको विशेष फोर्सका उच्च अधिकारी आमिर अली हजीजादेहले भने,‘ड्रोनको नजिक एक सैन्य जहाज पनि उडिरहेको थियो। जहाँ ३५ यात्री थिए।’

उनले भने,‘हामीले चाहेको भए त्यसलाई पनि ध्वस्त बनाउन सक्थौं तर गरेनौं।’

यी घटनाहरु अगाडि इरानले सि अफ ओमनमा रहेका अमेरिकी तथा अमेरिका समर्थित देशका तेल ट्यांकरमा आक्रमण गरेको अमेरिकाले आरोप लगाएको थियो।

ती आरोपहरु झुठो भएको इरानले दोहोर्याउँदै आएको छ।

यो पनि।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .