कारोबार


‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेले पेन्सन पाउँछन्’

‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेले पेन्सन पाउँछन्’

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ११:१६,

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अन्य कोषभन्दा सामाजिक सुरक्षा कोष फरक भएको बताएका छन्।

उनले सामाजिक सुरक्षाको विषयमा सबैलाई बुझाउन नसक्दा भ्रम पैदा भएको बताए।

अहिले नेपालमा ५० भन्दा बढी कोष भएको भन्दै सामाजिक सुरक्षा कोषको अन्यसँग तुलना गर्न नमिल्ने उनले बताए।

सामाजिक सुरक्षा कोष अहिले निजी क्षेत्रको लागि मात्रै भएको उनको भनाइ छ। सरकारी कर्मचारीहरुको सञ्चय कोषले गर्ने बताए। दुवै सरकारी कोष भएकाले कुनै दिन दुवै मर्ज हुन सक्ने कोषको भनाइ छ। 

कोषले सबै निजी क्षेत्रमा काम गर्नेलाई पेन्सन दिने कार्यक्रम भएको बताएको छ।

सामाजिक सुरक्षाका चार योजना
सामाजिक सुरक्षाका चार योजना रहेका छन्। यसमा जागिर गर्दा गर्दै र वृद्ध अवस्था गरी दुई भागमा बाँडिएको छ।

कुनै पनि सामाजिक सुरक्षा योगदानकर्ताले जागिर गरिरहेको अवस्थामा दुर्घटनामा र अशक्तता योजना, औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना लागु हुन्छ भने ६० वर्ष पूरा भएपछि वृद्ध अवस्था सुरक्षा योजना लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad