राजनीति


मेडिकल कलेज सञ्चालकलाई शिक्षामन्त्रीको चेतावनी : जेल हाल्न नपरोस्

मेडिकल कलेज सञ्चालकलाई शिक्षामन्त्रीको चेतावनी :  जेल हाल्न नपरोस्

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ११:१०,

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मेडिकल क्षेत्र र डाक्टर पेसा सम्मानित पेसा र क्षेत्र भएको हुँदा यसको मर्यादा ख्याल गर्न मेडिकल कलेजका सञ्चालकहरुहसँग अनुरोध गरेका छन्।

मेडिकल कलेजहरुले लिएको बढी शुल्क फिर्ता गर्न सरकारले दिएको अल्टिमेट सकिने अधिल्लो दिन मन्त्री पोखरेलले मन्त्रालयमा सम्बन्धित निकायसँग व्यक्तिहरुसँग छलफल गर्दै मेडिकल शिक्षाप्रतिको सम्मान कायम गर्न सरकारले तोकेकोभन्दा बढी शुल्क समयमै फिर्ता गर्न चेतवनी दिएका हुन्।

‘तपाईं जुन क्षेत्रमा हुनुहुन्छ, यो क्षेत्र आम मानिसले सम्मान गर्ने मर्यादित क्षेत्र हो’, मेडिकल कलेजका सञ्चालकहरुसँगको बैठकमा मन्त्री पोखरेलले भने, ‘यस्तो सम्मानित र मर्यादित क्षेत्रका मानिसलाई जेल हाल्न नपरोस्।’ उनले अन्तिम पटक भोलि म्याद सकिनुअघि सबैलाई सम्झाउनका लागि आफूले बैठक बोलाएको जानकारी दिए।

सरकारले मेडिकल कलेजहरुले लिएको बढी शुल्क फिर्ता गर्नका लागि दिएको अल्टिमेटमको समायावधि भोलि (मंगलबार) सकिँदैछ।

मन्त्री पोखरेलले निजी मेडिकल कलेजले तोकेको शुल्क फिर्ता नगरेपछि सम्झाउन र आगामी रणनीतिबारे छलफल गर्न सोमबार एकै दिन चारवटा बैठक राखे।

सोमबार बिहान ८ बजे मेडिकल कलेज सञ्चालन गर्ने सबै विश्वविद्यालयक भीसी, डिन र अन्यपदाधिकारीसँग छलफल गरे। त्यसपछि दिउँसो १ बजे विद्यार्थी संगठनसँग र पौने २ बजे मेडिकल कलेजका सञ्चालकहरुसँग छलफल गरेको शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन केसीले नेपालखबरलाई जानकारी दिए।

आगामी कदमबारे गृहमन्त्रीसँग छलफल

विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी संगठन र मेडिकल कलेजका सञ्चालकसँगको छलफलपछि मन्त्री पोखरेलले आजै गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका छन्।

गृहमन्त्री र शिक्षामन्त्रीबीच मेडिकल कलेजले लिएको शुल्क फिर्ता नगरे चाल्नुपर्ने कदमका विषयमा छलफल भएको शिक्षामन्त्रीका स्वकीय सचिव केसीले बताए।

सो बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गृहसचिव, शिक्षासचिवको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad