ad ad

कारोबार


औद्योगिक लोडसेडिङको मारमा मोरङका उद्योगी

औद्योगिक लोडसेडिङको मारमा मोरङका उद्योगी

कृष्ण बहाब
चैत १५, २०७८ मंगलबार १४:५१, इटहरी

अघोषित लोडसेडिङ सुरु भएपछि विराटनगरका व्यवसायीहरुले लोडसेडिङ तालिका माग गरेका छन्।

भारतबाट विद्युत आपूर्ति अनियमित हुन थालेपछि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भएको भन्दै तालिका माग गरेका हुन्।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश १ मा रहेका निजी क्षेत्रका तीन संस्थाले कुनै पनि बहानामा विद्युत कटौती नगर्न विद्युत प्राधिकरणलाई आग्रह गरेका छन्। व्यवसायीका अनुसार एक सातादेखि सुनसरी–मोरङ औद्योगिक करिडोरमा अघोषित रूपमा लोडसेडिङ भएको हो।

नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ र उद्योग संगठनले पत्रकार सम्मेलन गरी विद्युत कटौती गर्न नमिल्ने बताउँदै लोडसेडिङ तालिका मागेका छन्।

अनियमित रूपमा विद्युत कटौती हुँदा उद्योगका मजदुरहरू बेरोजगार हुनुपर्ने अवस्था आएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .