ad ad

कारोबार


छिमेक लघुवित्तले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने

छिमेक लघुवित्तले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १०:२५,

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २७.११ प्रतिशत बोनस सेयर दिने भएको छ। संस्थाका वरिष्ठ विभागीय प्रमुख दिपक पाण्डेका अनुसार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त रकम बराबरको बोनस सेयर दिने जनाएको हो।

गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोडको २७.११ प्रतिशतले हुन आउने ३२ करोडको बोनस सेयर र उक्त चुक्ता पुँजीको १७.२१ प्रतिशत अर्थात् २० करोड ३१ लाखको नगद लाभांश दिने संस्थाले जनाएको छ।

यसका लागि आव ०७५/७६ को वार्षिक वित्तीय विवरण प्रकाशन गर्न राष्ट्र बैंकले संस्थालाई मंगलबार स्वीकृति दिएको छ। वितरण गर्न लागिएको उक्त रकम र बोनस सेयर कर समेत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .