ad ad

कारोबार


विश्वका हरेकको थाप्लोमा साढे ३२ हजार डलर ऋण

विश्वका हरेकको थाप्लोमा साढे ३२ हजार डलर ऋण

नेपालखबर
मंसिर २, २०७६ सोमबार ७:५२,

चालू वर्ष (इ.स.)को अन्त्यसम्ममा विश्वव्यापी ऋणले नयाँ रेकर्ड कायम गर्ने भएको छ।

रोयटर्सका अनुसार विश्वव्यापी ऋण यो वर्षको अन्त्यसम्म २ सय ५५ ट्रिलियन अमेरिकी डलर पुग्ने इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सले अनुमान गरेको छ। उक्त संस्थाले शुक्रबार जनाएअनुसार पृथ्वीमा रहेका ७ अर्ब ७० करोड जनसंख्यामध्ये एक जनाको भागमा करिब ३२ हजार ५ सय डलर ऋणभार पर्नेछ।

उक्त ऋण रकम विश्वको वार्षिक आर्थिक उत्पादनको तुलनामा तीन गुणा धेरै हो। चालू वर्षको पहिलो छ महिनामा मात्रै ७५ खर्ब डलर (७.५ ट्रिलियन) थपिएको छ। थपिने क्रम अझै बढ्ने उक्त संस्थाले जनाएको छ।

उक्त रकमको ६० प्रतिशत वृद्धिदर चीन र अमेरिकाबाट आएको छ। यसबाहेक सरकारी ऋण मात्रै यो वर्ष ७० ट्रिलियन डलर पार गर्न सक्नेछ। सरकारी, व्यावसायिक र वित्तीय क्षेत्र समेतको गरी कुल ऋण समेत बढ्न सक्नेछ।

आआईएफले आफ्नो रिपोर्टमा यो वर्ष कुल विश्वव्यापी ऋण २ सय ५५ ट्रिलियन डलर पार हुने उल्लेख गरेको छ।

चालू वर्षको पहिलो छ महिनामा सरकारी ऋण तीव्र गतिमा वृद्धि भइरहेको रिपोर्टले देखाएको छ। यो अवधिमा सरकारी ऋण १.५ प्रतिशतले र गैरवित्तीय कम्पनीहरुको ऋण १ प्रतिशतले वृद्धि भइरहेको रिपोर्टमा उल्लेख छ।

यस्तै, सरकारी स्वामित्वका कम्पनीहरुले उदाउँदो बजारमा गैरवित्तीय व्यावसायिक ऋणको आधा हिस्सा ओगटेका छन्। बितेका दशकमा विश्वव्यापी ऋणको हिस्सा सरकारी सापटी रकमले बढी भूमिका खेलेको देखिएको थियो।

बैंक अफ अमेरिकाका मेरिल लिन्चले शुक्रबार एक छुट्टै विश्लेषणमा अमेरिकी इन्भेष्टमेन्ट बैंक लेह्मन ब्रदर्स बन्द भएसँगै सरकारले ४० ट्रिलियन डलर सापटी लिएका छन्, कम्पनीहरुले २५ ट्रिलियन डलर लिएका छन् र हाउसहोल्डतर्फ ९ ट्रिलियन डलर र बैंकहरुले २ ट्रिलियन डलर लिएका छन्।

आईआईएफको बैंक फर इन्टरनेशनल सेटलमेन्ट र अन्तर्राष्ट्रिय मुद्रा कोषमा आधारित डाटाले वित्तीय क्षेत्रबाहिरको ऋण समेत अहिले विश्वको कुल गार्हस्थ्य उत्पादन १ सय ९० ट्रिलियनको २ सय ४० प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै ग्लोबल बन्ड मार्केट समेत सन् २००९ मा ८७ ट्रिलियन डलर रहेकोमा बढेर १ सय १५ ट्रिलियन डलरमा आइपुगेको छ। सरकारी क्षेत्रको बन्ड समेत सन् २००९ मा ४० प्रतिशत रहेकोमा हाल ४७ प्रतिशत पुगेको छ। बैंकिङ क्षेत्रको बन्ड भने सन् २००९ मा ५० प्रतिशत रहेकोमा घटेर ४० प्रतिशतमा झरेको रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .