कारोबार


कर दिवस: उद्योगी व्यवसायीले गरे सरकारको चर्को आलोचना

कर दिवस: उद्योगी व्यवसायीले गरे सरकारको चर्को आलोचना

नेपालखबर
मंसिर १, २०७६ आइतबार ७:१८,

उद्योगी, व्यवसायीहरुले मारमा पार्ने गरी कर नीति लिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका उद्योगी, व्यवसायीहरुले खर्चसमेत धान्न नसक्ने गरी करको भार थोपर्ने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्।

आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले प्यान कार्ड अनिवार्य लिने व्यवस्था गरेर सरकारले साना व्यवसायीलाई त्रसित बनाएको भन्दै आपत्ति जनाए।

उनले साना व्यवसायीहरुलाई त्रसित बनाउने गरी कर असुल नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। वरिष्ठ उपाध्यक्ष गोल्छाले करको दायरा बढाउने र मुलुकको आर्थिक गतिविधिलाई पारदर्शी बनाउने काममा भने सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले करको भारबाट उन्मुक्ति दिलाई दिन सरकारसँग आग्रह गरे। सामान्य खर्च समेत धान्न नसक्ने गरी कर असुली गरेर राज्यले व्यवसायीहरुलाई अप्ठयारोमा पारिरहेको उनको गुनासो छ।

अध्यक्ष श्रेष्ठले व्यवसायीहरुलाई जवाफदेही बनाउन सरकारले करको दायरा बढाए पनि त्यो व्यवसायमैंत्री हुनुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad