नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ।
माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ।
शोरुम उद्घाटनमा डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थिति रहेको थियो भने मार्केटिङ्ग डिपार्टमेन्टबाट दिनेश रतन र अनिल ठाकुर त्यस्तै सि। एम। ट्रेङ्गिङको तर्फबाट सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिति थियो।
विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका इलेक्ट्रोहोम डिटीएच नेटवोर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
२ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ईलेक्ट्रोहोम डीटीएच नेटवोर्र्कले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने इलेक्ट्रोहोम डिटीएच नेटवर्कका सञ्चालक सरोज लामिछानेले जानकारी दिए।
Shares

प्रतिक्रिया