शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन्।
आर्थिक वर्ष २०७८/०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन्।
मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरूलाई निर्देशन दिए।
‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ’, उनले भने, ‘एक महिनाको अवधिमा ट्याकमा ल्याउने गरी काम गरौँ कुनै अप्ठ्यारो परे फुकाउन तयार छु।’
साथै उनले कर्मचारीले काम गर्न खोजेको भए पनि मूर्त रूपले अघि बढ्न नसक्दा पुँजीगत खर्च कम भएकोमा चिन्ता व्यक्त गरे।
प्रक्रियामा रहेका कार्यक्रमहरू छिटो अघि बढाउन पर्यो मन्त्री पौडेलले भने, ‘घोषित निर्वाचनले काममा प्रभावित भयो भन्ने सुन्न नपरोस्। साथै उनले शिक्षामा बजेटको आकार बढाउने गरी कार्यक्रम तयार गर्न कार्यालयका प्रमुखहरूलाई निर्देशन पनि दिए।
‘मन्त्रालयमा समस्या सिर्जना हुनु भनेका चुनौती हो’, मन्त्री पौडेलले भने, ‘समाधानका लागि कर्मचारीमा कार्यक्षमता र कार्यकुशलता आवश्यक पर्छ।
मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति विवरणअनुसार चालूतर्फ भौतिकमा ५२ प्रतिशत, वित्तीयमा ३८.८९ प्रतिशत, पुँजीगततर्फको भौतिकमा २० प्रतिशत र वित्तीयतर्फ ३ प्रतिशत छ।
यस्तै संघमा ३२.७ प्रतिशत, प्रदेशमा ६४.४८ प्रतिशत र स्थानीयतर्फ २.८२ प्रतिशत छ।
Shares

प्रतिक्रिया