कारोबार


मुकेश अम्बानीको स्थान खोस्दै गौतम अदानी बने एसियाकै धनी

मुकेश अम्बानीको स्थान खोस्दै गौतम अदानी बने एसियाकै धनी

नेपालखबर
माघ २५, २०७८ मंगलबार २१:४०, काठमाडौँ

भारतीय अर्बपति गौतम अदानी आफ्नै देशका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै धनी बनेका छन्।

ब्लुम्बर्गको विश्व अर्बपति सूचीअनुसार एसियाको धनाढ्यमा अदानीको उदय भएको हो। 

५९ वर्षीय उनी अदानी ग्रुपका संस्थापक हुन्। उनले बन्दरगाहदेखि हवाइ हुँदै थर्मल ऊर्जा र कोइलासम्मको कम्पनीमा स्वामित्व लिएका छन्।

ब्लुमबर्ग बिलेनियर इन्डेक्सअनुसार अदानीको सम्पत्ति ८८ अर्ब ५० करोड अमेरिकी डलर रहेको छ। विश्वका अन्य अर्बपतिजस्तै अदानीको सम्पत्ति पनि महामारीका बेला ह्वात्तै बढेको थियो। 

गत वर्ष यही बेला उनीसँग ४० अर्ब डलरभन्दा कम सम्पत्ति थियो। एकै वर्षमा ह्वात्तै सम्पत्ति बढेपछि उनले भारतकै ऊर्जादेखि प्रविधिसम्मका उद्यमी मुकेश अम्बानीलाई उछिन्दै विश्वको १० धनाढ्य सूचीभित्र अटाउन सफल भएका हुन्।

भारतीय सेयरबजारमा महामारीका बेला अदानी इन्टरप्राइजेसको सेयर मूल्य एक हजार प्रतिशतभन्दा धेरैले बढेको थियो। सेयर मूल्य सन् २०२० को जुनयता निरन्तर बढिरहेको थियो। जसलाई अदानीप्रति लगानीकर्ताको विश्वास बढेको रुपमा हेरिँदै आएको थियो। 

खासगरी पूर्वाधार र नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा लगानीकर्ताको मन जित्न अदानी सफल देखिएका छन्। जुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक विकास लक्ष्यभित्र पर्छ।

अदानीको उदयसँगै अम्बानी भने विश्वको ११औँ धनाढ्य बनेका छन्। उनको सम्पत्ति ८७ अर्ब ९० करोड डलर रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .