कारोबार


पोखरामा बढ्यो दूधको भाउ

पोखरामा बढ्यो दूधको भाउ

वाशुदेव मिश्र
माघ २५, २०७८ मंगलबार २१:१९, काठमाडौँ

कास्कीका दूध उत्पादक किसानहरुले एक लिटर दूधमा १० रुपैयाँ मूल्यवृद्धि गरेका छन्। 

सरकारले बढाएको दूधको मूल्य अवैज्ञानिक र किसानको हित विपरीत भएको जिकिरसहित उनीहरुले मूल्यवृद्धिको घोषणा गरेका हुन्।

किसानहरुको घोषणा अनुसार कास्कीमा फागुन १ गतेदेखि हुनेगरी जारी गरिएको मूल्य अनुसार भैँसीको दूध प्रतिलिटर १३० रुपैयाँ, गाईको दूध प्रतिलिटर एक सय, दही १४०, पनिर प्रतिकेजी ८ सय, घ्यू प्रतिलिटर १ हजार २ सय र नौनी प्रतिकेजी १ हजार रुपैयाँ कायम भएको छ। नयाँ मूल्य सूची फागुन १ गतेदेखि लागू हुनेछ।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको साविक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको थियो। यसअघि सरकारले एक लिटर दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा कायम गरेको थियो  सरकारको घोषणा अनुसार हाल एक लिटर दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा कायम भएको छ।

समर्थन मूल्य यति भएपनि दुग्ध विकास संस्थानले खुला दूधको मूल्य भने ७६ रुपैयाँ तोकेको थियो। अर्थात् किसानबाट किनेको दूध डेरीहरुले उपभोक्तालाई ७६ रुपैयाँमा बेच्थे। उपभोक्ताले भने त्योभन्दा बढी मूल्यमा दूध किन्नुपर्ने बाध्यता छ।

किसानबाट ५२ रुपैयाँ ५२ पैसामा किनेर ७६ रुपैयाँमा बेच्दा पनि डेरीलाई ३० रुपैयाँ ४८ पैसा फाइदा हुन्थ्यो। सरकारले हाल बढाएको मूल्य अनुसार दूधमा बाक्लो पदार्थ ८ र फ्याट ४ प्रतिशत हुनैपर्छ। यसअघि सो मात्रा क्रमशः ३ र ८ प्रतिशत थियो।

यसअघि नै किसानहरुले दूधमा १० रुपैयाँ मूल्यवृद्धि गर्न सरकारलाई सुझाव दिएका थिए। 

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाजले दूधको मूल्य १० रुपैयाँ बढाउन सुझाव दिइएको थियो। समाजले आफ्नो सुझाव कार्यान्वयन नभएकोमा गुनासोमात्रै गरेको छैन, सरकारले किसानमारा निर्णय गरेको आरोप पनि लगाएको छ। 

यही परिदृष्यमा राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल कास्कीले मंगलबार पत्रकार सम्मेलन गर्दै दूध तथा दुग्धजन्य पदार्थमा १० रुपैयाँका दरले वृद्धि भएको घोषणा गरेको हो।

समाजका अध्यक्ष दीपक तिमिल्सिनाले सरकारले एकातिर दूधको र अर्कोतिर चोकर तथा परालमा मूल्यवृद्धि गराएर किसानलाई मारमा पारेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .