ad ad

कारोबार


चिनी र ग्लुकोज मिसाएर बनाएको साढे ६ हजार किलो मह बरामद, एक जना पक्राउ

चिनी र ग्लुकोज मिसाएर बनाएको साढे ६ हजार किलो मह बरामद, एक जना पक्राउ

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १३:४९, काठमाडौँ

काठमाडौं महानगरपालिका २७ ज्याठामा मिसावट मह उत्पादन गरिरहेको भेटिएको छ। 

महानगरीय अपराध महाशाखाले ६ हजार ५ सय किलो मिसावट महसहित एक जनालाई पक्राउ गरेको छ। 

नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने सामग्री, मेसिन, केमिकलहरु र गुणस्तरहीन ७ हजार ६०० केजी तयारी महसहित पक्राउ गरेको हो। 

यस्तै कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ। 

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ६ घर भएका श्रेष्ठ हाल काठमाण्डौ महानगरपालिका २७ ज्याठामा बस्दै आएका छन्। 

श्रेष्ठले विगत ७ बर्ष अगाडिदेखि श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्रीवितरण गर्दै आएको खुलेको छ।

प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको र गुणस्तरहिन उक्त मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको पाइएको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए।

मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई प्रति केजी ६५० रुपैयाँमा बिक्री बितरण गर्दै आएको पाइएको छ। स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत नभएको देखिएको छ।

गुणस्तरहिन मह बनाउनको लागि ३०५ ग्लुकोज, ३०५ चिनी र बाँकी ४०५ मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको खुलेको छ।

स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागमा परिक्षण गर्दा तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको प्रमाणित भएको छ। 

काठमाण्डौ उपत्यकालगायतका देशका विभिन्न भागमा नक्कली एबं गुणस्तरहीन मह बिक्रीवितरण भइरहेको भन्दै सचेत रहन प्रहरीले उपभोक्तालाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .