ad ad

कारोबार


क्यान फेडेरेसनको अध्यक्षमा नवराज कुँवरको उम्मेदवारी घोषणा

क्यान फेडेरेसनको अध्यक्षमा नवराज कुँवरको उम्मेदवारी घोषणा

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ११:५२,

कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान फेडेरेसन) को अध्यक्ष पदमा नवराज कुँवरले उम्मेदवारी घोषणा गरेका छन्।

आगामी मंसीर ७ गते काठमाडाैंमा हुने क्यान फेडेरेसनको १३ औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिमसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। हालका वरिष्ठ उपाध्यक्ष रहेका उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सबै साथीहरुको सुझावको आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए।

क्यान फेडेरेसनमा ४३ सदस्यीय केन्द्रीय कार्य समिति छ। सोही कार्य समिति चयनका लागि आगामी मंसीर ७ गते निर्वाचन हुँदैछ। कुँवरले सूचना र प्रविधिको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढने संकल्पसहित आफूले क्यान फेडेरेशनको आगामी नेतृत्वको लागि उम्मेदवारी दिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .