ad ad

कारोबार


एनआईसी एसिया बैंक र वर्ल्डरेमिटबीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने गरी साझेदारी

एनआईसी एसिया बैंक र वर्ल्डरेमिटबीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने गरी साझेदारी

नेपालखबर
माघ २, २०७८ आइतबार १२:५७, काठमाडौँ

एनआईसी एसिया बैंक र वर्ल्डरेमिटबीच रणनीतिक साझेदारी भइरहेकोमा अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वर्ल्डरेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुवै पक्षबीच साझेदारी भएको छ। 

यसबाट मलेसियामा बस्दै आएका नेपालीहरूले विना झन्झट वर्ल्डरेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सकिने कम्पनीले जनाएको छ। 

यसका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ। 

यस साझेदारीले मलेसियामा लाखौंको संख्यामा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहेको आफ्ना परिवारजन तथा आफन्तहरूलाई तत्काल सुरक्षित रुपमा रकम पठाउन सकिनेछ। 

नेपालीहरूले वर्ल्डरेमिट एपका अलावा यसको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्)  मा लग इन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ। 

साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ ।

बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .