कारोबार


सिभिल बैंकले पारित गर्यो ५.२६ प्रतिशत लाभांश

सिभिल बैंकले पारित गर्यो ५.२६ प्रतिशत लाभांश

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १६:१८, काठमाडौँ

सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। 

उक्त साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५ प्रतिशतबराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ।

साथै सभाले आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नको लागि ‘एनबीएसएमएण्ड एसोसियट्स’लाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ।
सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । 

करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटीएममार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ९१ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .