कारोबार


दीपक भट्ट, साहिल तथा सुलभ अग्रवाललगायतका व्यवसायीहरु सम्मानित

दीपक भट्ट, साहिल तथा सुलभ अग्रवाललगायतका व्यवसायीहरु सम्मानित

नेपालखबर
पुस ६, २०७८ मंगलबार १४:३३, काठमाडौँ

व्यवसायीहरु दीपक भट्ट, साहिल तथा सुलभ अग्रवाल लगायत सम्मानित भएका छन्। 

युवा नेतृत्वमा रहेको गैर नाफामूलक संस्था हामी नेपालले भक्तपुरको होटल भादगाउँमा आफ्नो पहिलो वार्षिक साधारण सभा उनी लगायत समाजमा योजदान पुर्याउनलेहरुलाई सम्मान गरिएको हो। 

सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने साधारणसभाको मुख्य उद्देश्य थियो।

उक्त साधारण सभामा, समस्यामा परेकाहरुलाई निःस्वार्थ रूपमा सेवा गर्ने संस्थालाई निरन्तर मद्दत गर्दै आइरहनु भएका बार्बरा फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट  तथा निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्ध निर्देशक साहिल अग्रवाल, लगायत अतिथिहरुलाई हामी नेपालले सम्मान गरेको थियो।

संस्थाले दान गरिएको रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यले आफ्नो वेबसाइट पनि सुरु गरेको छ।

कार्यक्रमको बारेमा बोल्दै संस्थाका अध्यक्ष सुदन गुरुङले भने, ‘हाम्रो भिजनलाई सफल बनाउन असीमित सहयोग र माया दिन हुने विश्वभरका सम्पूर्ण दाता र स्वयंसेवकहरू प्रति हाम्रो सम्पूर्ण हामी नेपालको टिम धेरै–धेरै आभारी छ। हामी अगाडि बढ्न र केही गर्न चाहने युवाको जोश र सपनालाई  विश्वास गर्छौं र उनीहरुको लागि एक प्ल्याटफर्म बन्न चाहन्छौँ।’ 

सुलभ अग्रवाल कोरोना महामारीका बेला थर्मल गन प्रकरणमा तानिएका विवादित व्यवसायी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad