कारोबार


नाडाले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका, १८ गते मतदाता नामावली प्रकाशन

नाडाले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका, १८ गते मतदाता नामावली प्रकाशन

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १३:५२, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ। 

नाडाको मंसिर २२ र २३ गते काठमाडौंमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो। 

नाडाले मंसिर १८ गते ११ बजे मतदाता नामावली प्रकाशन गर्ने भएको छ।  

२ बजेसम्म मतदाता नामावली उपर दावि विरोध गर्ने, दाबी विरोधको जाँचबुझ गरी ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। 

१९ गते बिहान ११ बजेसम्म उम्मेदावरको मनोनयन पत्र दर्ता गर्ने, उम्मेदावहरुको प्रथम नामावली सवा १२ बजे प्रकाशन हुने, उम्मेदावरीको दाबी विरोध साढे १ बजेसम्म रहेको छ। 

उम्मदावको मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गरी नामावली प्रकाशन गर्ने समय साढे २ बजेसम्म रहेको छ। उम्मेदवारले पौने ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ। 

उम्मेदवारको अन्तिम नामावली साढे ५ बजे प्रकाशन हुनेछ। नाडाले मतदान भने २३ गते बिहान ८ बजेदेखि ३ बजेसम्म सोल्टी होटलमा हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad