भिजिबिलिटी कम हुँदा बिहानका उडान प्रभावित भएका छन्।
प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण कतिपय विमानस्थल अझै खुल्न सकेका छैनन्।
भिजिबिलिटी कम भएकै कारण तीन विमानस्थलमा उडान भर्न नसकिएकाे बुद्ध एयरले जनाएको छ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले तुम्लिङटार, पोखरा र जनकपुर विमानस्थलमा कम भिजिबिलिटीका कारण उडान हुन नसकेको जानकारी दिएका छन्।
जाडोको मौसम सुरु भएसँगै बिहानीपख तुवाँलो र प्रदूषणले विमानस्थलमा भिजिबिलिटी कम हुने समस्या भइरहेको छ।
168
Shares

प्रतिक्रिया