कारोबार


जेपी मोर्गानले हाल्यो टेस्लाविरुद्ध १६ करोड डलरको मुद्दा

जेपी मोर्गानले हाल्यो टेस्लाविरुद्ध १६ करोड डलरको मुद्दा

नेपालखबर
मंसिर २, २०७८ बिहिबार १३:५३, काठमाडौँ

अमेरिकी चर्चित बैंक जेपी मोर्गान विद्युतीय कार निर्माता टेस्लाविरुद्ध अदालत गएको छ। 

बैंकले टेस्ला मालिक एलन मस्कले सन् २०१८ मा गरेको ट्विटलाई लिएर १६ करोड २० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको हो। 

मस्कले त्यतिखेर टेस्लालाई प्राइभेटमा लैजानसक्ने बताएका थिए। 

बैंकले स्पष्ट रुपमा आफूसँग भएको एउटा सम्झौता उल्लंघन गरेकोले उक्त रकम आफूलाई तिर्नुपर्ने दाबी गरेको छ। 

मस्कले सेयर मूल्यमै हलचल ल्याउने गरी टेस्लालाई न्युयोर्क स्टक मार्केटबाट झिक्नसक्ने लगानी रहेको ट्विटमार्फत बताएका थिए। 

पछि उनले उक्त योजना रद्द गरे भने अमेरिकी वित्तीय नियामकबाट जरिवाना समेत गरियो। 

जेपी मोर्गानले म्यानहटन संघीय अदालतमा मुद्दा हालेको हो। त्यसमा सन् २०१४ मा टेस्लासँग सम्झौता भएको र त्यसले बैंकलाई टेस्लाको सेयर निश्चित मूल्य र मितिमा किन्न सक्ने सुविधा भएको उल्लेख छ। 

तथाकथित सम्झौताअनुसार टेस्लाले जेपी मोर्गानलाई एउटा वारेन्ट बेचेको थियो, जसले बैंकलाई तोकिएको सेयर मूल्यचाहिँ टेस्लाको सेयर मूल्यभन्दा कम भए पनि सेयर किन्न रोकतोक हुँदैनथ्यो। उक्त वारेन्ट भने गत जुन जुलाईमा सकिएको थियो। 

बैंकले बाध्यकारी सम्झौता कार्यान्वयन नगरेको भन्दै अदालत गुहारेको हो। अदालत जानुपर्दा आफूलाई दुःख लागेको जेपी मोर्गानले दाबी गरेको छ। 

मस्कले सन् २०१८ अगस्ट ७ मा ट्विट गर्दै आफूसँग पर्याप्त लगानी रहेकोले टेस्लालाई प्रतिकित्ता ४२० अमेरिकी डलरमा प्राइभेटमा लैजानसक्ने बताए। त्यसको १७ दिनपछि नै उनले उक्त योजना रद्द गरे। 

अहिले टेस्लाको सेयर मूल्यमा दशौँ गुणाले वृद्धि भएको छ। जेपी मोर्गानले टेस्लासँग कि सेयर कि पैसा दिन माग गरेको छ। टेस्लाले यसबारे केही नभने पनि सन् २०१९ मा जेपी मोर्गान अवसरवादी भएको आरोप लगाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad