कारोबार


सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रेमा गर्‍यो प्राविधिक भेटघाट कार्यक्रम

सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रेमा गर्‍यो प्राविधिक भेटघाट कार्यक्रम

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १३:३७, काठमाडौँ

सर्वोत्तम सिमेन्ट लिमिटेडले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लालाई केन्द्रित गर्दै उक्त जिल्लाका विभिन्न स्थानहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। 

उक्त कार्यक्रममा कम्पनीका प्रोजेक्ट्प्रमुख ई. अभिषेक झाद्वारा ओ.पि.सि. सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे सम्पूर्ण जानकारीका साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी प्रदान गराइएको थियो। 

साथै, घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा समेत जानकारी तथा तालिम प्रदान गराइएको थियो।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भी.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। 

आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ।

आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न सर्वोत्तम सिमेन्ट उद्योगले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ।

आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टले देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad