ad ad

कारोबार


ह्याकिङ समूह डार्कसाइडबारे सूचना दिनेलाई अमेरिकाले १ करोड डलर दिने

ह्याकिङ समूह डार्कसाइडबारे सूचना दिनेलाई अमेरिकाले १ करोड डलर दिने

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १७:०, काठमाडौँ

संयुक्त राज्य अमेरिकाले डार्कसाइड नामक ह्याकिङ ग्रुपबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार दिने प्रस्ताव गरेको छ। 

गत मे महिनामा डार्कसाइड र्‍यान्समवेरले आक्रमण गर्दा अमेरिकाको पूर्वी तटीय क्षेत्रमा रहेको ५५ सय माइल लामो इन्धन पाइपलाइन बन्द भएको थियो। उक्त पाइपलाइनले पूर्वी तटीय क्षेत्रमा प्रयोग हुनेमध्ये ४५ प्रतिशत इन्धन बोक्छ। 

यो पुरस्कार डार्कसाइडको नेतृत्व तहमा रहेका कुनै व्यक्तिको परिचय वा ऊ रहेको स्थानबारे पत्ता लगाउनका लागि भएको बताइएको छ। 

डार्कसाइड र्‍यान्समवेर आक्रमणमा सहभागी हुन खोज्नेलाई पक्राउ गर्नका लागि छुट्टै ५० लाख डलरको पुरस्कार पनि प्रस्ताव गरिएको छ। 

उक्त साइबर आक्रमणले कोलोनियल पाइपलाइन कम्पनीले धेरै दिनसम्म अपरेसन नै बन्द गर्नुपरेको थियो। पछि कम्पनीले ४४ लाख डलर बिटक्वाइनमा भुक्तानी गरेको थियो। 

क्रिप्टोकरेन्सी विश्लेषण गर्ने एलिप्टिकको अनुमानमा डार्कसाइडले कम्तीमा ९ करोड ४७ व्यक्ति वा संस्थाबाट र्‍यान्सम भुक्तानी लिएको छ। 

यद्यपि अमेरिकी अधिकारीहरुले कम्पतीले तिरेको मध्ये ६३.७ बिटक्वाइन भुक्तानी फिर्ता लिन सफल भएको बताएका थिए।  बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .