कारोबार


महालक्ष्मी लाइफ इन्स्योरेन्सको लिडर्स समिट सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सको लिडर्स समिट सम्पन्न

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १६:४९, काठमाडौँ

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्याण्डमार्क होटलमा ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ। 

कात्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यावसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो। 

जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भएको कम्पनीले जनाएको छ। 

विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र वृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ। नेपालजस्तो स्रोत साधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यावसायिक रुपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामहरुको विषयमा सहभागिहरुलाई तालिम दिइएको थियो। 

निम्न वर्गमा बीमाको पहुँच वृद्धि गर्न तथा युवा वर्गमा बीमासम्बन्धी जनचेतना वृद्धिको लागि ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँ गाउँसम्म पुर्‍याउने निर्णय समेत गरेको छ। 

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए। 

कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजावावु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad