आगामी नोभेम्बर ३ मा आसियन फाउन्डेसन र हुवावेले भर्चुअल रूपमा एशिया प्यासिफिक इनोभेसन डे डिजिटल ट्यालेन्ट समिट २०२१ को आयोजना गर्ने भएका छन्।
अनलाइन समिटको उद्देश्य नीति निर्माता, अनुसन्धानकर्ता र उद्योगका विशेषज्ञहरूलाई एकै ठाँउ ल्याई एसिया प्यासिफिकमा डिजिटल प्रतिभाहरूको प्रोत्साहन गर्न मद्दत गर्ने, दिगो इकोसिस्टम निर्माण गर्न सोलुसन र उत्कृष्ट अभ्यासहरू सेयर गर्नु हो।
कोभिड १९ महामारीले विगत १।५ वर्षमा डिजिटल इकोनोमीलाई गति दिएको छ।
कम्पनी र संस्थाहरू द्रुत रूपमा डिजिटल रूपान्तरणबाट गुज्रिरहेका छन् र डिजिटल इकोसिस्टमको उदयले ल्याएका चुनौतीहरू सामना गर्न दक्ष ज्ञानकर्मीहरू खोजिरहेको हुँदा यो स्पष्ट हुन्छ कि एसिया प्यासिफिक क्षेत्रमा डिजिटल प्रतिभाहरूमा ठूलो ग्याप छ।
एसिया प्यासिफिकले २०३० सम्ममा ४७ मिलियन मानिसहरूको श्रम अभाव आउँदै गरेको र ४.२३८ ट्रिलियन अमेरिकी डलरको वार्षिक अवसर लागतको सामना गर्ने कोर्न फेरि अनुसन्धानले पत्ता लगाएको छ।
पीडब्लुसी को २०औं सीईओ सर्वेक्षणअनुसार ५० प्रतिशतभन्दा बढी एप्याक सीईओहरूले सही सीप भएका डिजिटल प्रतिभाहरूलाई काममा लगाउन गाह्रो भएको बताउँछन्।
डिजिटल ट्यालेन्ट ग्यापलाई समाधान गर्न र डिजिटल युगमा लीपफ्रग अवसरलाई सदुपयोग गर्न क्षेत्रभरका सरकारहरूले सक्रिय रूपमा नीतिलाई सुदृढ गर्दै छन् र समर्थन पनि प्रदान गरिरहेका छन्।
समिटमा इन्डोनेसिया, थाइल्याण्ड, कम्बोडिया, मलेसिया, फिलिपिन्स र श्रीलंका जस्ता देशहरूका सरकारका लिडरहरूले डिजिटल प्रतिभा इकोसिस्टम उत्पादन गर्न आफ्नो अभ्यास, नीति सुझावहरू र दृष्टिकोण सेयर गर्नेछन्।
दिगो डिजिटल ट्यालेन्ट इकोसिस्टमको लागि सरकार, निगम, औद्योगिक संस्थाहरू र शैक्षिक संस्थाहरूको संयुक्त प्रयास आवश्यक छ। आसियान, युनेस्को, अन्तर्राष्टिय दूरसञ्चार संघ, ली कुआन यू स्कूल अफ पब्लिक पोलिसी र म्याक्सिस कम्युनिकेसनका उल्लेखनीय वक्ताहरू “डिजिटल ट्यालेन्ट एज कि टु सस्टेनेबल रिकभरी एण्ड डेभ्लपमेन्ट” शीर्षकमा प्यानल छलफलमा हुनेछ।
“एशिया प्यासिफिक क्षेत्रमा दिगो प्रतिभा विकास इकोसिस्टमको सृजना गर्न अगाडि सोच्ने नीति निर्माण र बलियो पब्लिक–प्राइभेट साझेदारी आवश्यक छ । एक अनुकूल सिक्ने इकोसिस्टमले डिजिटल ट्यालेन्टहरूको पुस्तालाई जोगाउन मद्दत गर्नेछ जसले कुनै दिन यस क्षेत्रको डिजिटल भविष्यको नेतृत्व गर्नेछ”, आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. याङ मी इङ्गले भने।
यस समिटको सहआयोजकको रूपमा हुवावेले यही जुलाईमा सिड्स फर दि फ्युचर प्रोग्राम २.० बारे घोषणा गरेको थियो जसमार्फत यस टेक कम्पनीले आगामी पाँच वर्षमा डिजिटल प्रतिभा विकासमा १५० मिलियन डलर लगानी गर्ने योजना बनाएको छ । कार्यक्रमले विश्वव्यापी रूपमा ३ मिलियन भन्दा बढी थप व्यक्तिहरूलाई लाभान्वित हुने अपेक्षा गरिएको छ।
२००८ मा हुवावेले प्रतिभा विकास कार्यक्रमहरू रोल आउट गर्न थाल्यो र त्यसपछि छात्रवृत्ति, प्रविधि प्रतियोगिताहरू र डिजिटल स्किल प्रशिक्षण मार्फत १५० भन्दा बढी देशहरूका १.५ मिलियन भन्दा बढी मानिसहरूलाई लाभान्वित भइसकेको छ। उदाहरणका लागि, थाइल्याण्डमा २००८ मा शुरु गरिएको सिड्स फर दि फ्युचर कार्यक्रम स्थानीय प्रतिभाहरूलाई प्रेरित गर्न र समाजलाई डिजिटल चुनौतीहरूको सामना गर्न सिड्सहरूलाई प्रोत्साहित गर्न डिजाइन गरिएको हो ।
“आगामी संसार उपकरणहरूको हावी हुनेछः जसमा कनेक्टिङ, सेन्सिङ र हाम्रो वरपर सबै कुरामा प्रतिक्रिया दिइरहेका हुन्छन्। हामी आशा गर्छौं कि हाम्रा शिक्षण कार्यक्रमहरूले सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्ने मात्र होइन कि यो डिजिटल परिदृश्य डिजाइन र नेभिगेट गर्न विशेषज्ञहरूको अर्को पुस्तालाई पनि तयार पार्नेछ । हाम्रो भविष्य यसमा निर्भर छ”, हुवावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले भने।
Shares

प्रतिक्रिया