बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डसले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको लागि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई सम्मानित गरेको छ।
आइतबार आयोजित एक विशेष कार्यकमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेको चन्द्रागिरि हिल्सले जनाएको छ।
व्यावसायिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्पराअनुरुप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वल्र्ड बुक अफ रेकर्ड्स नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।
Shares

प्रतिक्रिया