कारोबार


‘उनलाई मारेर फ्रिजमा कोचियो, बैंक एकाउन्टबाट पैसा पनि लुटियो’

‘उनलाई मारेर फ्रिजमा कोचियो, बैंक एकाउन्टबाट पैसा पनि लुटियो’

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार ८:५९,

थाइल्यान्डमा विभत्स रुपमा एक महिला व्यवसायीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। उनी आफ्नै घरभित्र फ्रिजमा विभत्स अवस्थामा मृत भेटिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। थाई प्रहरीले अहिले उनको साथीको खोजी गरिरहेको बताइएको छ।

ती महिला व्यवसायी ५८ वर्षीया प्रोपर्टी डेभलपर वान्नी जिराचारोनिङ भएको बताइएको छ। उनी अक्टोबर १८ देखि नै देखिएकी थिइनन्। उत्तरी थाइल्यान्डको चियांग माईमा रहेको स्थानीय मन्दिर घुम्ने क्रममा बेपत्ता भएकी थिइन्।

त्यसलगत्तै उनका भाइ वराफान जिराचारोनिङले उनी हराएको क्षेत्रमा पुगेर उनको खोजी गरिरहेका थिए। सोही क्रममा उनको शव आइतबार आफ्नै रेफ्रिजेरेटरभित्र कोचेर लुकाइएको अवस्थामा फेला परेको हो।

wannee 2फ्रिजमा भेटिएकाे वान्नीकाे विभत्स शव।

प्रहरीले उनको शंकास्पद हत्याराबारे खोजी गरिरहेको छ। उनी हराएदेखि नै उनका साथी पनि हराइरहेका छन्।

उनको हत्यासँगै बैंकमा रहेको एकाउन्टबाट पैसा समेत निकालिएको छ भने बैंकका कार्डहरु पनि भेटिएका छैनन्। उनको कार पनि गायब पारिएको छ। उम नामका वानीका साथीले हत्याबारे बताउनसक्ने आशंकामा प्रहरीले खोजी तीव्र पारेको छ। वानीले धेरै पाउन्ड स्टर्लिंग दान समेत गरेकी थिइन्।

wannee 3मृत भेटिएकी वान्नीकाे घर।

प्रहरीले उनका कार्डबाट पैसा निकालिएका बैंकहरुसँग समेत सूचना मागेर अनुसन्धान जारी राखेको बताइएको छ। वान्नी हराएकै दिन उनको बैंक एकाउन्टबाट एटीएम कार्ड प्रयोग गरी चियांग माईमै पैसा निकालिएको खुलेको छ। सो क्रममा १२ लाख भाट निकालिएको प्रहरीले बताएको छ।

पछिल्लोपटक रेयांगबाट पनि पैसा निकालिएको र सीसीटीभीले शंकास्पद व्यक्तिको अनुहार कैद गरेको छ। प्रहरीले उनको शव उनकै छिमेकीले दुर्गन्ध आएको सूचनाको आधारमा फेला पारेको थियो। डेली मेलबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .