कारोबार


स्टेला भिटा : युरोपको हाइवेमा २ हजार किमि गुड्यो सौर्य ‘क्याम्परभ्यान’

स्टेला भिटा : युरोपको हाइवेमा २ हजार किमि गुड्यो सौर्य ‘क्याम्परभ्यान’

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १७:२७, काठमाडौँ

स्टेला भिटा नामक एउटा सौर्य क्याम्परभ्यान (कार) ले युरोपको हाइवेमा २ हजार किलोमिटरको यात्रा विना इन्धन र चार्जिङ नै पूरा गरेको छ। 

सीएनएनका अनुसार ‘आफैँमा पूर्ण पांग्रामाथिको घर’का रुपमा वर्णित क्याम्परभ्यानको छानामा सोलार प्यानेल्स जडान गरिएका छन्। यसले नै क्याम्परभ्यानलाई चाहिने इन्धन उपलब्ध गराउने काम गर्छ। 

यसमा बाँच्नका लागि चाहिने बसोबासको सम्पूर्ण प्रबन्ध गरिएको छ। कारभित्र दुई जना सुत्न मिल्ने शय्या, सोफा, भान्साको स्पेस, शावरसहितको बाथरुम र शौचालयको व्यवस्था गरिएको छ। यसमा दुई जना बस्न सक्छन्, गाडी हाँक्न सक्छन्, ब्रेकफास्ट तयार गरी मजाले टिभी हेर्न सक्छन्। यसका लागि सोलार शक्तिले चार्ज हुने ब्याट्री छन्। 

यो क्याम्परभ्यानका निर्माता नेदरल्यान्ड्सको एन्डहोभन युनिभर्सिटी अफ टेक्नोलोजीका २२ जना विद्यार्थीहरु हुन्। 

उनीहरुले मिलेर गत सेप्टेम्बरमा क्याम्परभ्यान निर्माणको योजना सुरु गरेका थिए। नोभेम्बर २०२० देखि यो वर्षको मार्च महिनासम्म यसको डिजाइन बनाए। जुलाईसम्ममा क्याम्परभ्यान निर्माण सकियो र परीक्षणमा गएको हो। 

सार्वजनिक सडकमै यसको परीक्षण गरिएको हो। 

हेर्नुहोस् केही तस्बिरहरु : 

शब्द तस्बिर सबै सीएनएनबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .