नेपाल बंगलादेश बैंकले लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकको आज बिहान बसेको ३७५औँ सञ्चालक समिति बैठकले साढे १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसअनुसार १२ प्रतिशत बोनस सेयर र साढे ३ प्रतिशत (करसहित) नगद लाभांश बाँड्ने निर्णय गरिएको छ।
यद्यपि यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि मात्रै लागू हुनेछ।
18
Shares

प्रतिक्रिया