सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्टफोन प्रस्तुत गरेको छ।
यो फोन सामसङको शक्तिशाली एम शृंखलाअन्तर्गतको नयाँ फोन हो। ग्यालेक्सी एम५२ फाइभजी फोन सामसङको ७.४ एमएमको पातलो डिजाइनमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
फोनमा स्न्यापड्रागन ७७८जी प्रोसेसर, सुपर अमोलेड प्लस १२० हर्ज डिस्प्ले, ५००० एमएएच ब्याट्री तथा फाइभजी सपोर्ट गर्नेजस्तो सुविधा पनि विद्यमान छ।
‘सन् २०१९ मा ग्राहकहरुको अभूतपूर्व सहभागिता एवं ग्यालेक्सी एम सिरिजको अपार सफलतापछि, हामीले अर्थपूर्ण आविष्कारहरुतर्फ निरन्तर लागिरहेका छौँ’, सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले भने, ‘यसै सिलसिलामा सेगमेन्टको उत्कृष्ट मोन्स्टर डिस्प्ले, उत्कृष्ट कार्यक्षमता तथा अझै टिकाउ हुने ब्याट्रीको साथ यो फोन प्रस्तुत गरिएको छ।’ ्
मूल्य तथा उपलब्धता
यो फोनको ६जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ४८ हजार ९९९ रुपैयाँ तथा ८ जीबी प्लस १२८ जीबी भेरिएन्टको मूल्य ५० हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार फोन नेपालभरका सामसङका आधिकारिक ब्राण्ड सप, रिटेलरहरुमा सहजै खरिद गर्न सकिनेछ।
Shares

प्रतिक्रिया