नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
कम्पनीको साधारणसभा सोमबार दिन इन्द्रेणी फुडल्याण्ड, बानेश्वर, काठमाडौंमा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको गत असार ३१ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७÷०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ।
त्यस्तै, सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७÷७८ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई २०७८ असार मसान्तमा कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (२० करोड चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने रकम ३ करोड ८० लाख रुपैयाँ) करसहित वितरण गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८÷०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित भएको कम्पनीले जनाएको छ।
साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ।
Shares

प्रतिक्रिया