छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ।
आइतबार फेरि पेट्रोल र डिजेलको मूल्य बढाइएको बताइएको छ।
आइतबार पेट्रोल २५ पैसा भारु र डिजेलमा ३० पैसा भारु वृद्धि भएको थियो।
योसँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारु र मुम्बईमा १०८.४३ भारु पुगेको छ।
यता डिजेल पनि आकाशिएको छ। यसअनुसार दिल्लीमा प्रतिलिटर ९०.७७ भारु र मुम्बईमा ९८.४८ भारु पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ।
भारतमा राज्यले लगाउने करलगायत कारण फरक फरक मूल्य पर्छ।
भारतले क्रुड आयल खरिद गरी आफैँ प्रशोधित गरी इन्धन बिक्री गर्छ।
12
Shares

प्रतिक्रिया