स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको महान् चाड दसैँ तिहारको अवसरमा ‘रियलमी फेस्टिभ डेज’ अफर घोषणा गरेको छ।
यो अफर असोज १६ गतेदेखि सुरु भई कार्तिक ३० गते सकिने कम्पनीले जनाएको छ। यस अफरले रियलमीका नयाँ ग्राहकहरुलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ।
यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकहरुले बम्पर पुरस्कार मार्फत ‘कोनका ६४ इन्च ४के टीभी’ वा कोनका ७ केजी फ्रन्ट वासिङ मेसिन वा रियलमी८’ प्राप्त गर्नेछन्।
साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकले ‘ सी११ २०२१’ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकहरुले ‘कोनका १८००डब्ल्यु भ्याकुम क्लिनर’ वा कोनका १.८ ली पडलक्स राइस कुकर’ वा ‘कोनका १००० डब्ल्यु आईरन’ वा ‘कोनका २ः१ सीएच होम थिएटर स्पिकर’ जित्ने मौका प्राप्त गर्नेछन्।
यो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरुले क्यूआर कोड स्क्यान अथवा ‘रियलमीक्याम्पेन्सडटकम’ मा लगइन गरी त्यहाँ भएको एउटा फारम भरी आफ्नो रियलमी फोनको आईएमइआई नम्बर राख्नुपर्नेछ।
यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागू हुने छ। लक्की ड्र मार्फत डेली विक्लिी र बम्पर विजेताहरुको नाम रियलमीको अफिसियल फेसबुक पेज मार्फत जानकारी गराइने कम्पनीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया