कारोबार


मोरिस ग्यारेजले अल न्यू हेक्टर शाइन २०२१ एसयुभीको लागि बुकिङ खोल्दै

मोरिस ग्यारेजले अल न्यू हेक्टर शाइन २०२१ एसयुभीको लागि बुकिङ खोल्दै

नेपालखबर
असोज १३, २०७८ बुधबार २१:२३, काठमाडौँ

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ शाइन भेरियन्टको बुकिङ औपचारिक रुपमा सुरू गरेको छ। 

भारतीय बजारमा लन्च भएपछि यसले सनसनी मच्चाएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार अब हेक्टर नेपाली बजारमा यसको मूल्य खण्डमा भित्रिन तयार भएको छ। हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुवै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहनेछ।

यो विकसित एसयूभी अल–न्यू बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किंङ ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ जसले यसको शैली र कार्यक्षमतालाई एक शक्तिशाली रूप दिनेछ।

‘आराम र सुविधाको कुरा आउँदा, हेक्टर २०२१ सधैँ अग्र स्थानमा आउँदछ। यो कारले तपाइँलाई के चाहिन्छ र तपाइँ के चाहनुहुन्छ भन्ने कुरालाई राम्ररी बुझेको छ। यो स्टनिङ २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणालीको साथ आउँदछ जसले तपाईँको आफ्नो हरेक यात्राको पललाई आरामदायक बनाउने पक्का गर्दछ’ कम्पनीले भनेको छ।

एमजी हेक्टर एक विकसित एसयूवी कार हो जसले आफ्नो क्षेत्रमा नयाँ बेंचमार्क स्थापित गरेको छ। यो गाडी २५+ सुरक्षाका सुविधाहरुका साथ इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्ट फग ल्याम्प र  गति चेतावनी एलर्ट सहित उपलब्ध रहेको छ।

यो गाडी हभाना ग्रे, क्यान्डी व्हाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वर जस्ता विभिन्न सेड्सहरुमा उपलब्ध हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad