कारोबार


रियलमीका चार नयाँ उत्पादन नेपाली बजारमा

रियलमीका चार नयाँ उत्पादन नेपाली बजारमा

नेपालखबर
असोज ४, २०७८ सोमबार १५:४५, काठमाडौँ

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा आफ्नो ४ नयाँ उत्पादनहरु लिएर आएको जनाएको छ।

कम्पनीका अनुसार आकर्षक मूल्यमा रियलमी सी११ २०२१,  टिकाउ ब्याट्री र गेमिङ  रेडी प्रोसेसर भएको रियलमी सी२० ट्रिपल क्यामेरा सहितको रियलमी सी२१ र  फ्ल्गासिप रियलमी ८ बजारमा ल्याएको हो। 

डिजाइन, यूआई आदिमा कुनै सम्झौता नगरी आकर्षक स्पेसिफिकेसन सहित बजारमा ‘राइट प्राइसिङ’ स्ट्राटेजी लिएर आएको रियलमीले एक हप्ता मै बजारबाट धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको दाबी गरेको छ।

सी सिरिज
सी२०, रियलमी  सी२१, अघिल्लो संस्करणहरुमा उपलब्ध आकर्षक ब्याट्री र मिडिया टेक हेलिओ जी३५ गेमिङ एसओसी भन्दा परिष्कृत छ। रियलमी सी११– २०२१ सँगै यी दुवै डिभाइसहरुमा भव्य ६.५ इन्च डिस्प्ले रहेको छ। 

रियलमी  सी२१, मा सीमित प्रतिस्पर्धी ब्रान्डहरुले मात्र दिनसक्ने ४जीवी र्याम र ६४ जिवी स्टोरेज सहित  ट्रिपल क्यामेरा रहेको छ। यसमा भएको सर्वोत्तम रियलमी यूआई २.० ले भिन्न अनुभव गराउँदछ र सुन्दर डिजाइनका साथै साना–साना थुप्रै फिचरहरुले रियलमीका फ्यानहरुलाई रोमाञ्चित बनाउने कम्पनीको दाबी छ। 

छोटकरीमा भन्दा, आक्रामक मूल्यमा उपलब्ध सी रिरिजबाट प्रयोगकर्ताले ठूलो डिस्प्ले, दिनभरि चल्ने टिकाउ ब्याट्री र गज्जबको  पर्फर्मान्सको अनुभव गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad