कारोबार


८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान सुरु

८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान सुरु

नेपालखबर
असोज ४, २०७८ सोमबार १५:२३, काठमाडौँ

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ। 

एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान सुरु गरेको हो। एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ। एयरलाइन्सका सीईओ बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिष्पर्धा गर्नका लागि नआएको बताए।

उनले एयरलाइन्सले कोरोनाको पेन्डामिक समयमा आम मानिसमा पर्न गएको असरलाई मध्यनजर गर्दै पाँच जेट स्ट्रिम र दुई विचक्राफ्ट सञ्चालनमा ल्याएको बताए। सीईओ श्रेष्ठले जनतालाई सुरक्षा, प्यासेन्जरलाई मनोरञ्जन दिने नै गुण एयरलाइन्सको मुख्य लक्ष्य भएको बताए। उनले पुरानो ब्राण्डबाटै चलाउन उपयुक्त हुन्छ भन्ने सोचले लामो समयपछि उडान भरेको जानकारी दिए।

सीईओ श्रेष्ठले भने, ‘हामीले असोज १ गते, १७ सेप्टेम्बर २०२१ देखि हामीले सेवाहरु सञ्चालन गर्यौं, र फस्र्ट फ्लाइट भरतपुर गर्यौं, त्योपछि फेरि पोखरा, यो विचएयरक्राफ्ट १९०० बाट हामीले सेवा सुविधा दिएका हौँ र शुरुदेखिकै हाम्रो फस्र्ट फ्लाइटदेखिकै प्यासेन्जर अकुपेन्सी, कन्टीन्यूएशन, १०० प्रसेन्ट अकुपेन्सीमा शुरु गरिरहेका छौँ। हामीले दिने भनेको फस्र्ट प्रायोरेटी सेफ्टीलाई हो, सेफ्टीलाई कहिल्यै कम्परमाइज गर्दैनौँ। रिलाइबिलिटी, कस्टूमर सटिस्फ्याक्शन नै हाम्रो उपलब्धि मान्नुपर्छ। यो तीन दिनको अप्रेशनमा पनि राम्रो प्रतिक्रिया आइरहेको छ। यो कन्टिन्यूएशन प्रोसेसमै थियो।  हामीले अहिले पुरानो ब्राण्डमै चलाउन उपयुक्त सोचेर पुनः सञ्चालनमा ल्याएका छौँ।’

गुण एयरलाइन्सका प्रवक्ता एवम् बजार प्रमुख प्रज्वल थापाले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताए। उनले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेट स्ट्रिम पाँच वटा थप गरेर ७ वटा विमान सञ्चालनमा ल्याएको बताए। उनले तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेको तर अन्तिम एक हप्तापछि विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने बताए।

प्रवक्ता थापाले भने, ‘हामीले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडानको सुविधा दिएका छौँ भने वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई पनि केही सहुलियतको व्यवस्था गरेका छौँ। यो पहिलोपटक गुण एयरलाइन्सले ल्याउन लागेको हो। पहिला हामीसँग २ वटा मात्रै अमेरिकन विचक्राफ्ट थिए, त्यसमा अहिले ५ वटा नयाँ जेट स्ट्रिम थप गरी ७ वटा पुर्याएका छौँ। तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेका छौँ तर सबै प्रक्रिया सकिएपछि विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्नेछौँ। यो अबको हप्ता दशदिनमा शुरु हुन्छ।’

गुण एयरलाइन्समा काठमाडौंबाट चितवनसम्म पुगेका यात्रुहरुले एयरलाइन्सको सेवाहरु राम्रो भएको प्रतिक्रिया दिएका छन्। उनीहरुले गुण एयरलाइन्सको सर्भिस राम्रो भएकोले सबैलाई एकपटक यसको सर्भिस लिन सुझाएका छन्।

गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका हुन्। २००९ मा स्थापना भएको गुण एयरलाइन्स २०१३ मा सिम्रिकमा परिवर्तन भएको थियो। कोरोनाको महामारी जारी नै रहेको कारण एयरलाइन्सले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा अपनाएरु एडान सुरु गरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad