कारोबार


ग्लोबल आईएमई बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आईएमई बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपालखबर
असोज १, २०७८ शुक्रबार १५:५२, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। 

‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७’ ऋणपत्रको ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको बैंकले जानकारी दिएको हो। 

१० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिनेछ। 

ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएन्पी–आईआर एलए  रेटिङ्ग प्रदान गरेकोे छ। रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्यून रहेको जनाउने बैंकले जनाएको छ। 

ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिङलाई पनि रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै ‘आईक्राएनपी–आईआर ए–’ बाट ‘आईक्राएनपी–आईआर ए’मा स्तरवृद्धि गरेको थियो । 

बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवद्र्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा ग्लोबल आइएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad