दशैँ नेपालीहरुको कमाइ बढी हुने समय समेत हो। यसैलाई जोडेर नबिल बैंकले नयाँ अफर ल्याएको छ।
गत वर्ष पनि दशैँकै सयममा पैसा जम्मा गराउनेलाई बढी ब्याजदर दिने गरी आफ्नो योजना ल्याएको थियो।
यो वर्ष पनि गत वर्षको योजनालाई नविल बैंकले निरन्तरता दिएको हो।
नबिल बैंकले भनेको छ, ‘गत वर्षको अपार सफलतापछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरिएको छ।’
नेपालीहरुको महान् चाड दशैंको अवसरमा, नबिल बैंकले असोज १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको बैंकले बताएको छ।
पैसा जम्मा गराउँदा कति ब्याज पाइन्छ?
नबिल बैंकले दशैं आफरमा ल्याएको ब्यादर नेपालको अधिकतम ब्याजदरमा पर्छ।
चालू आर्थिक वर्षमा बैंकको बयाजदर धेरै माथि जान सकिरहेको छैन। तर पनि पछिल्लो सयम सरकारी खर्च नहुँदा बैंकहरुमा नगदको अभाव छ।
त्यसकारणले धेरै बैंकहरुले भोलि अर्थात् असोज १ गतेदेखि ब्याजदर बढाउँदै छन्। बढाएको ब्यादरमा पनि नविल बैंकले दशैं अफरमा भने थपेको छ।
१ गतेदेखि नविल बैंकले सार्वजनिक गरेको नँया ब्यादरमा मुद्दती निक्षेपमा भने बैंकले ६दशमलव ५१ प्रतिशतदेखि ९ दशमलव २६ प्रतिशतसम्म दिने बताएको छ।
तर दशैँ योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ ब्याजदर (०.५ प्रिमियम थप सहित) प्रदान गरिनेछ।
नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको उद्देश्य रहेको बताएको छ।
नबिल बैंक देशभर १३५ वटा शाखा कार्यलयहरु सहित ठूलो संजाल भएको बैंक हो। १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत् सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ।
एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वटा बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मूल्यअभिवृद्घि गर्न उच्चसेवा वितरणको लागि लक्षित रहेको बैंकले दाबी समेत गरेको छ।
Shares

प्रतिक्रिया